कुमाल समाज नेपालले आफ्नो सेवालाई डिजिटल बनाउँदै अब अनलाइनबाटै ‘आदिवासी जनजाति परिचय पत्र सिफारिस’ दिने व्यवस्था सुरु गरेको छ। अब सिफारिसकै लागि कार्यालय धाइरहनु पर्ने छैन।
आवेदन दिने सजिलो तरिका:
१. कुमाल समाजको आधिकारिक वेबसाइट www.nepalkumalsamaj.org.np मा जानुहोस्।
२. मेनुमा रहेको ‘Application Form’ मा क्लिक गर्नुहोस्।
३. मागिएका आवश्यक विवरण र कागजातहरू भरेर फारम सबमिट (Submit) गर्नुहोस्।
फारम स्वीकृत भएको ३ कार्यदिनभित्र तपाईंले सिफारिस पत्र प्राप्त गर्नुहुनेछ। देश तथा विदेश जहाँबाट पनि सजिलै आवेदन दिनुहोला।

