आदिवासी जनजाति परिचय पत्र सिफारिस पत्र सम्बन्धी नियमावली
कुमाल समाज नेपाल को निर्णय अनुसार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ बमोजिम सिफारिस पत्र प्राप्त गर्न निम्न मापदण्डहरू पूरा गर्नुपर्नेछ:
१. वंशावली सम्बन्धी मापदण्ड :आवेदकको कम्तीमा तीन पुस्तासम्म (बुवा–हजुरबुवा) कुमाल जाति हुन अनिवार्य हुनेछ।
२. थर सम्बन्धी व्यवस्था :यदि नाम पछाडि अन्य थर उल्लेख भएमा, उक्त थर कुमाल समाज नेपालद्वारा पहिचान गरी मान्यता प्राप्त कुमाल थरहरूको सूचीमा समावेश भएको हुनुपर्नेछ।
३. शुल्क सम्बन्धी व्यवस्था : सिफारिस पत्रका लागि तोकिएको न्यूनतम सेवा शुल्क अनिवार्य रूपमा बुझाएको हुनुपर्नेछ।
४. प्रक्रिया समय : सबै कागजात पूरा भएको अवस्थामा सिफारिस पत्र अधिकतम ३ (तीन) कार्यदिनभित्र इमेलमार्फत उपलब्ध गराइनेछ।
५. परिचयपत्र सम्बन्धी शर्त : पेश गरिने नागरिकता वा अन्य कागजातको फोटो स्पष्ट (clear) र पढ्न योग्य (readable) हुनुपर्नेछ। अस्पष्ट, काटिएको वा धमिलो (blurred) फोटो मान्य हुने छैन।
६. फोटो तथा कागजात पेश गर्ने व्यवस्था : सिफारिस पत्र प्राप्त भएपछि PP Size फोटो तथा आवश्यक कागजातहरू इमेल [email protected] मा पठाउनुपर्नेछ।
📩 आदिवासी जनजाति परिचय पत्र सिफारिसकाे लागि पत्र पठाउनुहोस्
आदिवासी जनजाति परिचय पत्र सिफारिसका लागि निम्न विवरणहरू सहित आवेदन पत्र पठाउनुहोस्: • पूरा नाम: • जन्म मिति: • स्थायी ठेगाना: • सम्पर्क नम्बर: • इमेल ठेगाना: • बाबु, बाजेको नाम (तीन पुस्ताको विवण):।
