











नेपाल कुमाल समाज सुधार समिति, जसको संक्षिप्त नाम कुमाल समाज नेपाल हाे। नेपालको संविधान तथा त्यसअनुरूप निर्माण गरिएका नीति, नियम र कानुनी व्यवस्था अन्तर्गत स्थापित आदिवासी जनजाति अन्तरगत पर्ने सिमान्तकृत अल्पसंख्यक कुमाल जातिकाे मुल संस्था हो।यो संस्था एक अविछिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैरनाफामुलक, गैर राजनीतिक तथा गैरसरकारी सामाजिक संस्था हाे। याे संस्था देशका विभिन्न भागमा विशेषगरी पहाडी क्षेत्र, समथर फाँट, उपत्यका, टार तथा भित्री र बाहिरी मधेशमा परम्परागत रूपमा बसोबास गर्दै आएका माटोका भाडावर्तन बनाउने पुख्र्यौली पेसा, मौलिक भाषा, धर्म, लिपि, संस्कृति र कला सहितको ऐतिहासिक र सांस्कृतिक धरोहर बोकेको कुमाल समुदायको एकता, अधिकार, संरक्षण र समृद्धिको लागि समर्पित संस्था हो।
कुमाल जातिको संक्षिप्त परिचय
नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतामा कुमाल एक महत्त्वपूर्ण आदिवासी जनजाति हो। नेपाल सरकारद्वारा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अन्तर्गत सूचीकृत ५९ आदिवासी जनजातिमध्ये कुमाल जाति सीमान्तकृत समूहमा पर्दछ। यो जातिको मुख्य पहिचान र पुर्ख्यौली पेशा माटोका भाँडा बनाउने अद्भुत कला हो। कुमाल जातिको आफ्नै मौलिक भाषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाजहरू छन्, जसले नेपाली समाजको विविधतालाई थप समृद्ध बनाएको छ।
संस्कृति जानकारी
हाम्रो पुरानो संस्कृति, परम्परा र कलाकारिताको संरक्षण र प्रवर्धन गर्छौं।
सामाजिक सेवा
शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा निरन्तर सेवा प्रदान गर्छौं।
हाम्रा गतिविधिहरू
समुदायको विकासका लागि हामीले गर्ने मुख्य कार्यहरू
वार्षिक कायक्रम
वार्षिक उत्सव र सांस्कृतिक कार्यक्रमहरू
कुमाल विद्यार्थी छात्रावृती
छात्रवृत्ति र शैक्षिक सहयोग
प्रकाशन सामाग्री
प्रकाशन पुस्तक प्रतिवेदन
जिल्ला समितिहरु / भातृ संघ संस्थाहरु
जिल्ला समितिहरु / भातृ संघ संस्थाहरु
समाचार र घटनाहरू
हालका गतिविधि र आगामी कार्यक्रमहरू
-
Slot Jack Hammer By Netent Demo Free PlayOctober 22, 2025/0 Comments
-
Online Casinos No Deposit Free SpinsOctober 22, 2025/
-
Wonga Games Casino No Deposit Bonus 100 Free SpinsOctober 22, 2025/
-
Coinpoker Casino No Deposit Bonus 100 Free SpinsOctober 22, 2025/

वार्षिक साधारण सभा
नेपाल कुमाल समाजको वार्षिक साधारण सभा आगामी चैत्र १५ गते आयोजना हुनेछ।

वार्षिक साधारण सभा
नेपाल कुमाल समाजको वार्षिक साधारण सभा आगामी चैत्र १५ गते आयोजना हुनेछ।

वार्षिक साधारण सभा
नेपाल कुमाल समाजको वार्षिक साधारण सभा आगामी चैत्र १५ गते आयोजना हुनेछ।
