कुमाल समाज नेपाल, केन्द्रकाे परिपत्र अनुसार कुमाल जातिको राष्ट्रिय पोसाक (Kumal Dress Code Official)

महिला तर्फ:

१) कालो मुगियाको गुन्यु/लुङ्गी, पेटिकोट/समिज
२) कालो मखमलको चोलो
३) पहेंलो पटुका
४ ) राताे मखमलको बुट्टे घलेक
५) सेताे पछ्यौरा
६) पहेंलो पोते,
७) नाकमा लाहुरे फुली
८) कानमा ढुंग्री वा मारवाडी
९) हातमा चुरा वा चाँदीको बाला
१०) कम्मरमा काठको सानाे घैंटाे
११) सेताे माेजा, कालो कपडाको जुत्ता

पुरुष तर्फ:

१) कालो भादगाउँले टोपी
२) सेताे भोटाे
३) कालो स्टकोट
४) नेपाली घरबुनाकाे धोती/कछाड
५) निलाे पटुका
६) सेताे माेजा, कालो कपडाको जुत्ता