नेपाल बहुजातिक, बहुभाषिक, बहुधार्मिक बिबिधताले भरिएको सुन्दर देश हो। यस देशका विभिन्न समुदाय, जात तथा जनजातीहरूको आफ्नै मौलिकता, संस्कृती, परम्परा र रितिरिवाजहरू रहेका छन् । यहा“ १२५ जातजातिहरु वसोवास गर्दछन्। नेपाल सरकार, आदिवासि जनजाति उत्थान ऐन २०५८ को राजपत्रमा ६१ जनजातिमध्य २६ जनजातिको विवरण खुलाईएको छ । जसमध्य कुमाल एक आदिवासि जनजाति अन्तर्गत अल्पसंख्यक सिमान्तकृत समुहमा पर्ने जाति हो। नेपालमा कुमाल जातिको कुल जनसंख्या १,२१,१९६ ( राष्ट्रिय जनगणना विं.सं. २०६८) छ भने २०७८ कोे जनगणना अनुसार १,२९,७०२ रहेको छ जुन कुल जनसंख्याको ०.४४ ५ मात्र हो । तर कुमाल संग सरोकार राख्ने जातिय संघसंस्था र बिज्ञहरु भने नेपालमा कुमाल जातिको कुल जनसंख्या एक लाख पचास हजार भन्दा माथि रहेको दाबि गर्दछन । कुमाल जातिको आफनै मौलिक भाषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज र पेशा छन् । माटोको भाडा बानाउने अत्भुत कला यो जातिको पुर्खैालि पेशा तथा मुख्य पहिचान हो। कुमाल जातिको आÏनै भाषा छ जसलाई कमाले भाषा वा कुमाले कुरा पनि भन्निछ। नेपालमा कुमाल भाषा बोल्ने कुल जनसंख्या १२,२२२ मात्रै छ छन भने २०७८ को जनगणना अनुसार १८४३५ जना कुमाल मात्रृभापाको रुपमा बोल्छन । जुन अत्यान्तै निउन संख्या हो र यसको संरक्षणमा संबँधित निकाएको ध्यान जान जरुरि छ।
नेपालमा कुमाल जातिहरु कहिले र कहा“बाठ आए भन्ने ऐकिन तथाङ्क नभए पनि नेपालमा माठोको भाडा बनाउने इतिहास २६०० वर्ष पुराने माटोको भाडाका अबशेस लुम्बिनिमा रहेको तथ्यबाटा तेतिखेर देखि नै कुमाल जातिको नेपालमा बसोबास रहेको अनुमान लगाउन सकिन्छ। यो जाति खास गरेर पहाड र तराइका खोला, नदिको किनारामा पर्ने बेशी, सम्मो टार, भित्रि मधेश र ठुला फांटहरुमा समुहमा रहेर बसोबास गर्ने जाति हो। यो जातिको हिमाली क्षेत्रमा भने बसोबास निकै कम छ। कुमाल जाति नेपालको करिब ७० जिल्लामा छरिएर बसोबास गरेका छन। मुख्य तय पाहाड र भित्रि मधेशका जङ्गल, नदि किनारा र सम्मो उर्बर भुमिको सेरेफेरोमा बसोबास गर्ने कुमाल जातिको उद्यगम स्थल कहा भन्न यथेस्ठ प्रमाणहरु नभएपनि पश्चिममा पाल्पाको काली गण्डकी नदिको सेरेफेरो र पुर्वमा संखुवसभाको टुम्लिङटारलाइ कुमाल जातिको उद्यगम स्थलका रुपमा लिन सकिन्छ भन्ने अध्यानबाट पुस्टि हुन्छ ।
प्राचीनताको हिसाबले भने भारतीय उपमहादिपमा सिन्धुघँटीे सभ्यता संग पनि कुमालहरुको अस्तित्व जोडिएको र त्यस समय देखि नै हाम्रो पेशा र सिपलाई अंगाल्दैै भारतको विभिन्न ठाँउहरुमा फैलिएर पश्चिाको कुमाउ गड्वाल हुदै नेपालमा प्रवेश भएको भन्ने पनि पाईन्छ तर त्यसको तथ्यगत आधार भने भेटिएका छैनन् ।
शारिरक रुपमा सुसंगठित, बलिया हात पाखुरा, विशेषतः कालो बर्ण, थेप्चो नाक, होचो कद, सोझो र इमान्दार यस जातिको झिनो परिचय मान्न सकिन्छ।
कुमाल नाम कसरी रहन गयो ?
कुमाल शव्द संस्कृत भाषाको कुम्भकार शव्दबाट अपभ्रशं भइ कुमाहार, कुम्हाल हुदै कुमाल भएको भन्ने विभिन्न विज्ञहरुको अनुसन्धानले बताउछ। जस्को अर्थ
कुम्भकार ः कुम्भ . माटो ,
कार . कला
कुमाल ः कु . माटो
माल . सामान
अर्थात माटोको सामान बनाउने कला भएको हुनाले यो जातिको नाम कुमाल भएको भन्ने बुझिन्छ।
मनव जिबनको शुरूवात गरेदेखि अर्थात् नव पाषणकालदेखी नै पेशागत रुपमा हाम्रो अस्तित्व विकासको उपस्थिति समाजमा रहेको मान्न सकिन्छ । मानिसलाई अन्न भण्डार गर्न, खाना पकाउन, पानी पिउन, पानी संकलन गर्न,पैशा संकलन गर्न आदि विभिन्न प्रयोजनका निम्ति माटाका भाडो बनाएर मानव जिवनमा परिर्वतनको शुरुवात भयो र सजिलै संग माटो पाउने हुनाले माटोलाई त्यसको माध्यम बनाई पेशागत रुपका सिपमा बिस्तारै बिकास हुदै गयो । समाजमा माटोको भाडा बनाउने दक्ष तथा सिपालु ब्यक्तिहरुको अलग समुदायको रूपमा बिकास भयो । जसलाई कुम्भकार र्अथात कुमाल भनेर नाम रहेको भन्न सकिन्छ।
हिन्दू धर्मको इतिहासमा सत्य, त्रेता, द्वापर, र कलियुग जस्ता चार युगहरू वर्णित छन्। यी युगहरूको बीच देवताको युग सत्ययुग सम्म रहेकोले यसलाई धर्मशास्त्रमा लोकप्रियता र प्रसिद्धि पाएको छ। श्रीस्वस्थानीको कथामा रूपान्तरण गर्दा, यसमा समाहित हुने कथाहरूमध्ये कुमाल र कुमालेले पेसाको वर्णन गरेका छन्।। इसाई धर्मका धर्मग्रन्थ बाइबलमा पनि कुमालको विविध प्रसङ्गमा उदाहरणीय रूपमा उल्लेख र वर्णन गरिएको छ। यस पाठको अध्ययन गर्दा निम्नलिखित बिषयहरू ः कुमालको बासस्थान, कुमालको जातिय नामकरण र पेसाको प्रचलन सत्ययुगदेखि रहेको अध्ययन गर्न सकिन्छ।
भाषाः
नेपालमा आर्यहरूको प्रवेश संगै भारोपेली परिवारको विभिन्न भाषाहरु पनि भित्रिएका थिए, त्यसै अनुरुप कुमाल जातिको पनि छुट्टै भाषा छ । तर लिखित रूपमा लिपि नभएको र अत्याधिक मात्रामा नेपाली भाषाले यस भाषालाई विस्थापित गरेकाले कुमाल भाषा लोपन्मुख अवस्थामा रहेकोछ । खास गरी यो भाषा पाल्पा, गुल्मी, अर्घखॉची लमजुङ्ग, कास्की, तनहु‘, गोरखा, नवलपरासी, , स्याङ्जा, धादिङ्ग, नुवाकोट आदि जिल्लाहरूमा मात्र बोल्ने गरेको पाईन्छ । नेपालमा अल्पसंख्यक जातिहरूको भाषा क्रमशः लोपोन्मुख अवस्थामा रहेकोेले कुमाल भाषा पनि अल्पसंख्यक जातिकै भाषा भएकोले आधुनिक शिक्षा र पुराना व्यक्तिहरूको मृ्त्युसंगै यो भाषा लोपोन्मुख अवस्थामा छ ।
धर्म
आदिवासी कुमाल जाति धार्मिक आस्थाका रुपले प्रकृति पुजारी हुन। यो जाति प्रकृति पुजक भएता पनि खास गरेर हिन्दु धर्ममा पनि आस्था राखेको पाईन्छ तर धार्मिक संस्कार, पुजाआर्जा जन्ममृत्यु संस्कार गर्ने आफनै मैलिक बिधि दव्रा गर्दछन । परमात्मा माथिको विश्वास, पापदेखि डर मान्ने, पुण्यमा आशा र भरोसा राख्ने, तन्त्रमन्त्र तथा धामी झॉक्रि देवीको क्रिया प्रतिक्रिया प्रति विश्वास गर्दछन। नेपाल कुमाल समाज सुधार समिति ले प्रकृतिक पुजक लाई कुमाल जातिको राष्ट्रिय धर्मको रुपमा मान्दै आएको छ ।
कुमाल जातिले गर्ने विभिन्न पुजाहरु
कुलायन पुजा÷कुल पुजा, आइतबारे पुजा,झाक्री पुजा, बायु पुजा, चन्डी पुजा, सोम पुजा, नाग(नागिनी पुजा, शिकारी पुजा,मन्डलिवाई अनि सेमरेवाई पुजा,देशान्तरीमाइ फिरन्तरीमाई पुजा, जाबेद पुजा, पुर्बेलि पुजा आदि हुन।
पेशाः
कुमाल जातिको मुख्य पेशा माटाको भॉडा बनाई बिक्रि गर्ने हो । यसको अलवा खोला, नदी, तलाउबाट माछामार्ने, खेतीपाती, पशुपालन गर्ने तर्फ पनि आर्कषित भएको पाईन्छ । जंगलबाट पाईने दाउराको समस्या, भॉडा बनाउने कालिमाटीको अभाव, प्लाष्टिक र आलमुनियमका भॉडाले गरिदिएको विस्थापन, पुराना पुस्ताका कालीगढहरूको क्रमशः अवसान र नयॉ पुस्ताले यस पेशा प्रति खासै चासो नदिएका कारणले यिनीहरूको भॉडा बनाउने पेशा संकटमा परेको छ ।
राष्ट्रिय जनगणना विं.सं. २०६८ अनुसार कुमाल जातिको जनसंख्या
१. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – १४,३०८ २. चितवन – ११,४०५
३. दाङ – १०,१२६ ४. गुल्मी – ८,९५९
५. तनहुँ – ८,७२७ ६. गोरखा – ८,४७३
७. अर्घाखाँची – ७,४९५ ८. पाल्पा – ७,१०४
९. रुपन्देही – ५,७२८ १०. धादिङ – ५,४२८
११. प्युठान – ३,४७२ १२. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – ३,२४२
१३. कास्की – ३,०७६ १४. झापा – २,७२१
१५. नुवाकोट – २,५१४ १६. बाँके – २,०४५
१७. काठमाण्डौं – १,९०१ १८. बागलुङ – १,७९२
१९. लमजुङ – १,७८२ २०. स्याङ्जा – १,७५७
२१. बारा – १,५४३ २२. कपिलवस्तु – १,२९७
२३. पर्सा – १,१८२ २४. संखुवासभा – १,१०७
२५. कैलाली – १,०५५ २६. मोरङ – ९८२
२७. सुनसरी – ९७ २८. कालिकोट – ८३७
२९. महोत्तरी – ६१२ ३०. इलाम – ५९९
३१. सप्तरी – ५८१ ३२. सर्लाही – ५४८
३३. पर्वत – ५३१ ३४. सिराहा – ४९७
३५. बर्दिया – ४७० ३६. ललितपुर – ४३७
३७. बाजुरा – ४२५ ३८. भोजपुर – ३८३
३९. रुकुम (पश्चिम) – ३४३ ४०. कंचनपुर – ३४१
४१. दैलेख – ३१० ४२. रौतहट – ३०९
४३. डोटी – ३०९ ४४. सल्यान – २८७
४५. सुर्खेत – २५७ ४६. मुगु – २४३
४७. धनुषा – २१४ ४८. भक्तपुर – १८२
४९. मकवानपुर – १५३ ५०. बैतडी – १०८
५१. उदयपुर – ९५ ५२. काभ्रेपलाञ्चोक – ७२
५३. रुकुम – ४६ ५४. अछाम – ४३
५५. दोलखा – ४१ ५६. सिन्धुली – ३२
५७. रोल्पा – २९ ५८. दडेलधुरा – २७
५९. मुस्ताङ्ग – २३ ६०. खोटाङ – २१
६१. सिन्धुपाल्चोक – १९ ६२. रामेछाप – १६
६३. ओखलढुङ्गा – १५ ६४. म्याग्दी – १४
६५. मनाङ – १४ ६६. रसुवा – १३
६७. जाजरकोट – १२ कुल जनसंख्या – १,२९,७०२
चाडपर्व ÷ रितिरिवाजः
खाश गरी कुमाल जाति प्रकृति पुजक भएपनि हिन्दु धर्मालम्वीहरूले जस्तै दशै, तिहार, ठूलो एकादशी, तिज, श्रीपञ्चमी, माघे सक्राति, शिवरात्री, फागुपूर्णिमा, चैते दशैं, चण्डी पूर्णिमा, आदी पर्व मनाउने गर्दछन् । साथै यस जातिले समयानुकुल कुल, देवी, वायु, भु‘गेर, वीर, झॉक्रीको पुजा गर्दछन् । पुजाआजा र ठूला पर्वहरूमा हि‘उदमा पाउदुरे र सोरठी जस्ता लोपन्मुख नॉच नॉच्दछन भने वर्षा याममा चुड्का, झ्याउरे, ठाडो भाखा र दोहोरी गितमा रम्ने गर्दछन ।
भेषभूषाः
कुमाल जातिको भेषभूषा खाश किटान नभए पनि पुराना पुस्ताको लोग्ने मानिसले लगाउने घरबुनाका सेतोे भोटो, घरबुनाकै कछाड्, कालो ईष्टकोट र टोपी, टोपीमाथि सेतो फेता अनि आईमाईहरूले लगाउने कालो चोलो, कालो गुन्यु, पहेलो वा अरु रंगको पटुकी, रातो घलेक र बुट्टे मुजेत्रो, कानमा चेप्टे सुन, ढुङ्ग्र्री, हातमा राता चुरा, गलामा पहेलो पोते, मुगाको रातो माला, जन्तर र चॉदीका ठिमुरेमाला, हातको औंलाका छापे औंठी, कपालमा रातो डोरी धागो, नाकमा छाते फूली र निदारमा ईच्छानुसारको रातो टिका लगाउने चलन छ । तर यस पुराना भेषभूषाहरूलाई कोट, सर्ट, पाईण्ट, साडी, चोलो, व्लाउज, कुर्ता सलवार, आदी आधुनिक पोशाकले विस्थापित गर्दैछ ।
आजको विश्वले २१ औ सताव्दीमा पाईला टेकि सकेको भएपनि आदिबासी कुमाल जाति शिक्षा, स्वास्थ्य र राजनिति क्षेत्रबाट निकै पछाडि परेका छन् । कुमाल समुदायमा जम्मा जनसंख्याको झण्डै ४६ प्रतिशत जनसंख्या साक्षर भए पनि उच्चशिक्षा हासिल गर्नेहरूको संख्या २ प्रतिशत भित्र सिमित छ । यसरी यस जातिले शैक्षिक, आर्थिक, सामाजिक र राजनैतिक पछौटेपनले गर्दा राष्ट्रिय विकासको मूलधारमा समान अवसरको अनुभूति गर्न सकेका छैनन ।
अतः यिनै पछौटेपनबाट क्रमशः अघि बढ्दै कुमाल समुदायले एकातिर आफ्नो लोपोन्मुख भाषा, धर्म, संस्कृति र भेषभूषालाई संरक्षण गर्दै जानु परेकोछ भने अर्कोतर्फ समाबेसी लोकतान्त्रीक गणतन्त्रमा सक्रिय सहभागिताको लागि राज्यलाई आफ्नो पहिचान दिदै जानु परेकोछ ।
